सर्लाही – आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपालले अपराजित यात्रा पूरा गर्दै च्याम्पियनको उपाधि जितेको छ। सुपर–६ चरणको अन्तिम खेलमा नेपालले समोआलाई १२४ रनले पराजित गर्दै शानदार जित हासिल गरेको हो।
पहिले नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपका लागि योग्यता प्राप्त गरिसकेको नेपालले सबै खेलमा विजय हासिल गर्दै प्रतियोगिता शतप्रतिशत जितसहित सम्पन्न गरेको हो।






