धनकौलमा खोलाले बगाएर एक बालिका बेपत्ता

२०८२ आश्विन ३१, शुक्रबार १९:४५

मलंगवा – सर्लाहीको धनकौल गाउँपालिका – ३ की १२ वर्षीया बालिका सोनी कुमारी साह मनुष्मारा खोलाले बगाउँदा बेपत्ता भएकी छन्। बिहीबार दिउँसो लुगा धुन र नुहाउन गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा तीव्र रूपमा खोजी कार्य सुरु गरिएको थियो। तर बालिकाको अवस्था पत्ता नलागेपछि शुक्रबार बिहान महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोली समेत परिचालन गरिएको हो।

गोताखोर टोलीले खोलाको विभिन्न भागमा खोजी गरे पनि आज ( शुक्रबार ) साँझसम्म बालिकालाई भेट्न नसकेपछि रात परेपछि खोजी कार्य रोकिएको प्रहरीले जनाएको छ। आज रातका लागि खोजी कार्य स्थगित गरिएको छ भने शनिबार बिहानैदेखि पुनः खोजीमा लाग्ने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार