जनकपुरमा प्रहरी र सुन व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

२०८२ आश्विन ३१, शुक्रबार २१:२५

सर्लाही – जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीले भिडन्त हुँदा स्थिति तनावग्रस्त बनेको छ । प्रहरीको छापा मार्ने क्रममा विवाद चर्किएपछि दुवै पक्षबीच झडप भएको हो ।

स्थानीय व्यवसायी सञ्जय ठाकुरको सुनचाँदी पसलमा प्रहरीले छापा मार्दा व्यापारीहरूले आपत्ति जनाएका थिए । प्रहरी टोलीले बरामद गरिएका गहना लैजान खोज्दा अन्य व्यापारीहरूले विरोध गरेपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।

झडपका क्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेपछि हाल जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्रुग्यास प्रहार गर्नुका साथै हवाईफायरसमेत गरेको जनाएको छ । घटनापछि व्यापारीहरूले प्रहरी कार्यशैलीविरुद्ध प्रदर्शन जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार