सर्लाही – सिन्धुलीमा रल श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्।
जिल्लाको कमलामाई नगरपालिका – ६ पानीटंकीमा ४८ वर्षीया श्रीमती राधिका वाइबाले ढुंगाले टाउकोमा प्रहार गरि ५५ वर्षीय बुद्धसिं वाइबाको हत्या गरेकी हुन्।

प्रहरीका अनुसार श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका वाइबाको उपचारको क्रममा मृत्यु भएको हो। घाइते वाइबालाई घटनापछि तत्काल सिन्धुली अस्पताल हुँदै बाँसबारी न्युरो अस्पताल काठमाडौं पुर्याइएको थियो।
तर, चिकित्सकले थप उपचार सम्भव नभएको बताएपछि उनलाई घर फर्काइएको थियो। घर फर्किएपछि वाइबा सिराहा जिल्लाको कर्जन्हा नगरपालिका – ५ स्थित ससुरालीमा बस्दै आएका थिए। त्यहीँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आरोपी श्रीमती राधिका वाइबालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।





