सप्तरीमा नाबालिकामाथि जबरजस्तीको प्रयास: एक युवक पक्राउ, अर्का फरार

२०८२ कार्तिक ४, मंगलवार ११:१२
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा एक नाबालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । सोमबार राति करिब ८ बजेतिर पसलबाट सामान किनेपछि घर फर्किँदै गरेकी नाबालिकामाथि दुई युवाले जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घटनामा संलग्नमध्ये एक जनाको उमेर करिब २० वर्ष र अर्काको करिब १९ वर्ष रहेको प्रहरीले जनाएको छ । नाबालिकाले प्रतिरोध गर्ने क्रममा उनको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको र उपचारका लागि राजविराजस्थित अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ भने अर्को युवक फरार रहेको र खोजीकार्य जारी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पीडित बालिका र उनका अभिभावकसँग बुझ्ने काम भइरहेको छ । उहाँले घटनाको विस्तृत विवरण संकलन भइरहेकाले जबरजस्ती करणी प्रयास भएको पक्का भन्न अहिले नसकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार