रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

२०८२ कार्तिक ५, बुधबार १८:१३

सर्लाही – रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु भएको छ।

जिल्लाको गौर नगरपालिका – ५ का पूर्व वडाध्यक्ष राम स्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार आज बिहान यादवलाई आफ्नै करेसाबारीमा विद्युतीय मोटर प्रयोग गरेर पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनलाई स्थानीयले तुरुन्त उद्धार गरी गौरस्थित प्रादेशिक अस्पतालमा पुर्याएका थिए। तर उपचारको क्रममा चिकित्सकले बिहान करिब साढे चार बजे मृत घोषणा गरेका हुन्।

राजनीतिमा सक्रिय र समाजसेवी स्वभावका स्वर्गीय यादव स्थानीय समुदायमा सबैका सहयोगीका रूपमा परिचित व्यक्ति मानिन्थे। हाल उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार