मलंगवा – सर्लाही प्रहरीले पाँच किलो भन्दा बढी लागूऔषध गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो (बुधबार) बिहान करिब १० बजे कौडेना गाउँपालिका – २ फुलपरासीस्थित हुलाकी सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले उक्त लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको बी आर ०७ एजी – ८१०२ नम्बरको मोटरसाइकललाई शंका लागि रोकि जाँच गर्दा सिट मुनि प्लास्टिकमा प्याक गरिएको ५ किलो ३०० ग्राम लागूऔषध गाँजा फेला परेको थियो।
उक्त मोटरसाइकल चालक कौडेना गाउँपालिका – १ सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र पछाडि सवार सोहि ठाउँ बस्ने ३० वर्षीय लोजा बैठालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





