सर्लाही – सशस्त्र प्रहरीले वीरगन्जबाट एक वृद्धलाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका – १७ अलौस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म नजिक खटिएको सशस्त्र प्रहरी टोलीले बिहीबार बिहान चेकजाँचका क्रममा वृद्धलाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका वीरगन्ज–२६ अठराहा निवासी ७४ वर्षीय इस्लाम अन्सारीको साथबाट प्रहरीले करिब एक किलो ९८५ ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी विश्वराज योञ्जनले जानकारी दिए।
पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपूरमा बुझाएको बताइएको छ।





