घाँस काट्ने क्रममा रुखबाट लडेर एक वृद्धको मृत्यु

२०८२ कार्तिक ७, शुक्रबार ०९:३८
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। सप्तकोशी नगरपालिका – २, परसाहामा रुखबाट लडेर एक जना वृद्धको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार साँझ घाँस काट्ने क्रममा रुखबाट लगेर स्थानीय ६२ वर्षीय परशुराम पुवेलको मृत्यु भएको हो। पुवेल आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

सोही क्रममा कर्माको रुखको हाँगा भाँचि रुखबाट भुईमा लडी उनको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार