धनकौलमा कारले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते

२०८२ कार्तिक ७, शुक्रबार १८:३१

मलंगवा – सर्लाहीको धनकौलमा कारले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन्।

आज सांझ करिव ४:४० बजेको समयमा नयाँरोड – मधुवनी सडकखण्ड अन्तरगत जिल्लाको धनकौल गाउँपालिका – ५, पेट्रोल पम्प नजिकै मानपुरबाट सिसौटतर्फ जाँदै गरेको डिएल १२ सिसि ३५१६ नम्बरको कारले सोहि दिशातर्फ जाँदै गरेको बिआर ३० ए एफ ४४००२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाईकल चालक जील्लाको बसबरिया गाउँपालिका – २, मानपुरका २१ बर्षिय युवक अनिल सहनी घाईते भएका छन्। उनको अहिले बरहथवास्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कारका चालक धनकौल गाउँपालिका – १ का पवन शर्मालाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार