सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन् । राष्ट्रपति कार्यालयमा पठाइएका नामको शपथग्रहण आज दिउँसो २ बजेपछि हुने तयारी भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार डा. सुधा गौतम स्वास्थ्य मन्त्रालय, गणपतिलाल श्रेष्ठ पर्यटन मन्त्रालय, खगेन्द्र सुनार श्रम मन्त्रालय र बब्लु गुप्ता खेलकुद मन्त्रालयका जिम्मेवारी पाउने भएका छन् ।

यसअघि सात सदस्यीय रहेको मन्त्रिपरिषद् आजको विस्तारपछि ११ सदस्यीय बन्नेछ । प्रधानमन्त्री कार्यालयले दिउँसो २ बजेपछि शपथग्रहण कार्यक्रमको समय मिलाउन अनुरोध गरेको बताइएको छ । तर, ठ्याक्कै समय भने अहिलेसम्म निश्चित गरिएको छैन ।
प्रधानमन्त्री नजिकको एक स्रोतले भन्यो, “शपथ दिउँसो २ बजेपछि हुने पक्का छ, तर ठ्याक्कै समय अझै टुंगो लाग्न बाँकी छ ।”





