मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारि ( सिडिओ ) तुलसी बहादुर श्रेष्ठको सरुवा भएको छ। श्रेष्ठको गोरखामा सरुवा भएको हो।
अब सर्लाहीको नयाँ प्रमुख जिल्ला अधिकारि ( सिडिओ ) मा गोरखाका सिडिओ रामु राज कडरिया आउँने भएका छन्। आइतबार गृह मन्त्रालयले २५ सीडीओसहित ३६ सहसचिवको सरुवा गरेपछि उनि उनको पनि सरुवा भएको हो।

श्रेष्ठले २०८१ पुस २५ गते सर्लाहीमा सिडिओको कार्यभार सम्हालेका थिए। तर उनको कार्यकाल जिल्लामा सुरक्षा व्यवस्थामा कमजोरी र तस्करीमा वृद्धि भएको आरोपबीच बित्यो।
स्थानीयवासीका अनुसार सर्लाहीका सीमाक्षेत्रहरूमा पछिल्ला महिनामा इतिहासकै धेरै तस्करी र अवैध ओसारपसार भएको बताइन्छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन आउने सर्वसाधारणले सहज र पारदर्शी सेवा पाउन नसकेको गुनासो पनि बढ्दै गएको छ।
सर्लाहीमा श्रेष्ठभन्दा अघिका सिडिओको जिल्लामा अबैध क्रसर उद्योगमाथि निर्मम बन्दा तत्कालिन गृह मन्त्रालयले उनलाई सरुवा गरेको थियो। उनले जिल्लामा अबैध रुपमा संचालन भईरहेका करिव २० वटा सम्म क्रसर उद्योगहरु तत्काल बन्द गराएका थिए। त्यसपछि आएका सिडिओ श्रेष्ठले कार्यकाल भरि नै उक्त कुरा उठाएनन्।
उनको कार्यकाललाई सुरक्षा र प्रशासनिक प्रभावकारिताका दृष्टिले कमजोर मानिएको छ। प्रशासनिक नेतृत्व परिवर्तनपछि अब सर्लाहीमा आउने रामु राज कडरियाले जिल्ला प्रशासनलाई सशक्त, पारदर्शी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।





