सर्लाही – रौतहटमा छुट्टाछुट्टै खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आईतबार जिल्लाको ईशनाथ नगरपालिका–८ मन्सरी टोलस्थित कुँडिया खोलामा ८ वर्षीय अनिश बैठा र बौधिमाई नगरपालिका–८ इनरवा पुल नजिक लाल बकैया खाेलामा नुहाउने क्रममा १२ वर्षीया शकुन्तला कुमारी साहको खोलामा डुबेर मृत्यु भएको हो।






