जेन-जी युवाको दबाबपछि चन्द्रनगरमा अस्थायी तथा करार सेवा सम्झौता रद्द

२०८२ कार्तिक ९, आईतवार २२:२७

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जेन–जी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उदय प्रकाश साह लगायत अन्य युवाको निरन्तर दबाबपछि गाउँपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द गरेको छ। जेनी युवाहरूले समाजिक संजालमा ठोस आवाज उठान र गाउँपालिका अध्यक्ष राजकुमार महतो माथि कडा दबाब सिर्जना गरेपछि अन्ततः गाउँपालिकाले नेपाल सरकारका निर्देशनअनुसार निर्णय कार्यान्वयन गरेको उदय प्रकाशले बताए ।

नेपाल सरकार (मन्त्रीपरिषद्) ले मिति २०८२ असोज ५ गतेको निर्णय नं. ५ (ज) मार्फत संघ, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार सेवामा कर्मचारी राख्न नपाइने निर्णय गरेको थियो। सो निर्णयलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८२ असोज ८ गते र अर्थ मन्त्रालयले मिति २०८२ असोज ७ गते परिपत्र जारी गरेपनि अध्यक्ष महतोले उक्त निर्णय अटेरी गरिरहेको थियो अन्नत दवाब पछि आज उक्त निर्णय कार्यनयन भएको जेनजी उदय प्रकाशले बताए ।

आज चन्द्रनगर गाउँपालिकाले कार्तिक १६ गतेदेखि लागु हुने गरी दरबन्दी बाहेकका सबै अस्थायी तथा करार कर्मचारीको सम्झौता रद्द गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलनका घाइते युवा उदय प्रकाश साह ले सामाजिक सञ्जालमार्फत चन्द्रनगर गाउँपालिकाका सम्पूर्ण युवाहरू, समर्थकहरू र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “न्याय, पारदर्शिता र सुशासनका लागि गरिएको हाम्रो संघर्षले सफलता पाएको छ। यो हाम्रो सामूहिक जीत हो।”

युवाहरूको भनाइमा, “जनताको करदाताको पैसाले मनपरी रूपमा कर्मचारी राख्ने प्रथालाई अन्त्य गर्नु नै जनताको पक्षमा शासन हो।” उदय प्रकाशले गाउँपालिका अध्यक्ष राजकुमारको मनोमानी विरुद्ध युवाहरु लागि पर्ने बताएका छन । करार कर्मचारीको विषयमा समाजिक संजालमा युवाहरुले अध्यक्ष महतोलाई कडा बिरोध गरेका थिए ।

र यस विषयमा आज समाजिक संजालमा लेख्दा गाउँपालिका अध्यक्ष राजकुमार महतो कार्यकर्ताहरु संजय कुशवाहा, मेघनाथ महतो, र स्वयम राजकुमार महतोले रौशन साह नाम गरेको फेक फेसबुक आईडी बाट अभद्र शैलीमा कमेन्ट गरेको उदय प्रकाशले बताए । उनले अध्यक्ष राजकुमार महतो र उनका कार्यकर्ता नसुधरे जेनजी युवाले कडा विरोधको कार्यक्रम अघि सार्ने बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार