पूर्वप्रधानमन्त्री माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

२०८२ कार्तिक ११, मंगलवार १९:२०
file image

सर्लाही – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका लागि सरकारले तोकिएको सबै सुरक्षा व्यवस्था फिर्ता लिएको छ। गृह मन्त्रालयका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रदान गरिएको सुरक्षा फिर्ता बोलाइएको हो।

नेपालविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेको छ। सो मुद्दामा नेपालसहित अन्य प्रतिवादीहरूमाथि करिब १८ करोड ५८ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले आफूलाई सुरक्षा जोखिम महसुस भए औपचारिक रुपमा निवेदन दिएमा पुनः सुरक्षा व्यवस्था पुनर्स्थापना गर्न सकिने बताइएको छ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो । नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार