सडकमा युवकको शव फेला

२०८२ कार्तिक १२, बुधबार ११:१५
file image

सर्लाही – धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा एक युवक मृतावस्थामा फेला परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका – २ रमदैया पूर्वपट्टिको सडक छेउमा वडा नम्बर ५ निवासी ३५ वर्षीय आजिम कवारीको शव फेला परेको हो।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार