सर्लाही – महोत्तरीको बर्दिबासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले बर्दिबास – ७ निवासी कृष्णबहादुर तमाङको घरमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिरहाको मिर्चैया नगरपालिका – ४ का २१ वर्षीय भगवान बाबुसाहसहित सात जना रहेका छन्। उनीहरूलाई बिहीबार दिउँसो नियन्त्रणमा लिइएको हो।

बर्दिबास प्रहरी प्रमुख डीएसपी विकास बमले पक्राउ परेकाको साथबाट दुई लाख ३६ हजार ५७५ रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको जानकारी दिए। अहिले उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





