प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गर्दै

२०८२ कार्तिक १६, आईतवार ०७:५३
file image

सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर संयुक्त बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीय समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनका लागि आयोजना गरिएको यो बैठक आज दिउँसो ४ बजे सुरु हुनेछ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की, मधेस प्रदेशका जितेन्द्र प्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्र बहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्र राज पाण्डे, लुम्बिनी प्रदेशका चेत नारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमल बहादुर शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री कार्कीले हालको राजनीतिक तथा प्रशासनिक परिवेशलाई ध्यानमा राख्दै संघीय र प्रादेशिक सरकारबीचको सहकार्य सुदृढ गर्न, नीति तथा कार्यान्वयनमा देखिएका चुनौती र अवसरबारे साझा दृष्टिकोण बनाउन छलफल बोलाएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार