एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा

२०८२ कार्तिक १६, आईतवार १७:३८
File image

सर्लाही – नेकपा एमालेले पार्टी संगठनलाई सशक्त बनाउँदै नयाँ संरचना ‘युथ भोलेन्टियर फोर्स’को औपचारिक घोषणा गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा आयोजित विशेष भेलामा अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा उक्त अभियान सार्वजनिक गरिएको हो।

कार्यक्रममा एमालेका नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, नेता महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

जेन-जी आन्दोलनपछिका घटनाक्रममा अध्यक्ष ओली र राधिका शाक्यलाई युवा संघ र पार्टीका कार्यकर्ताले सुरक्षा घेरा प्रदान गर्दै आएका छन्। यसै क्रममा घोषणा गरिएको ‘युथ भोलेन्टियर फोर्स’ एमालेको युवा शक्ति संयोजन गर्ने र पार्टीका अभियानमा रक्षात्मकसँगै आक्रमक भूमिका खेल्ने संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार