माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा पुनः साह

२०८२ कार्तिक १७, सोमबार २०:२१

सर्लाही – नेकपा (माओवादी केन्द्र) ले मधेश प्रदेशमा पुनः भरत प्रसाद साहलाई संसदीय दलको नेतामा नियुक्त गरेको छ।

पार्टीका केन्द्रिय अध्यक्ष एवं संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार साहलाई औपचारिक रूपमा दलको प्रदेशसभाको संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।

प्रचण्डले मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पठाएको पत्रमा भनेका छन्, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद साहलाई पुनः कायम गर्ने निर्णय भएको छ, अतः उहाँलाई दलको प्रतिनिधिका रूपमा मान्यता दिनुहुन अनुरोध गर्दछु।”

पूर्व अर्थ तथा गृहमन्त्रीसमेत रहेका साहले यस अघि पनि मधेश प्रदेशमा माओवादी दलको नेतृत्व गरेका थिए। करिब छ महिना अघि पार्टीभित्र असन्तुष्टि बढेपछि बहुमत सांसदको दबाबमा उनले पदबाट राजीनामा दिएका थिए।

तर पछिल्ला राजनीतिक समायोजन र पार्टीभित्रको छलफलपछि माओवादी केन्द्रले फेरि साहमाथि भरोसा राख्दै नेतृत्व पुनः सोम्पेको हो। पार्टीभित्र यस निर्णयलाई स्थायित्व र एकताको सन्देशको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार