सरकारी सम्पत्तिको दुरुपयोग प्रकरण: छानबिन समितिका सदस्य बिरामी भएपछी प्रतिबेदन बुझाईएन, भोलि बुझाईने

२०८२ कार्तिक १८, मंगलवार १८:५९
पहिलो तस्बिरमा आरोपित डाक्टर सिंह र दोश्रोमा छानबिन समितिका संयोजक साह

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशीक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न बनेको समितिले प्रतिबेदन भोलि बुझाउने भएको छ।

प्रतिबेदन आज बुझाउने भनिएकामा छानबिन समितिका एक सदस्य बिरामी भएपछी प्रतिबेदन भोलि बुझाईने छानबिन समितिका संयोजक जय किशोर साहले बताए।

गत कार्तिक ७ गते अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार बाहिरिएका थिए।

त्यसपछि कार्तिक ८ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीले उक्त विषयको सत्यतथ्य पत्ता लगाउन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहको संयोजकमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिलाई तिन दिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिबेदन पेश गर्न निर्देशन दिइएकामा आज ११/१२ दिन बिति सक्दा पनि समितिले प्रतिबेदन बुझाउन सकेको छैन। छानबिन समिति गठनकैबिँच चाडपर्वहरु परेका कारण ढिलो भएको बताईएको छ।

यो पनि पढ्नुहोस:
प्रादेशीक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरण: प्रतिबेदन बुझाउने तयारीमा छानबिन समिति

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार