सप्तरीमा वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए पदबाट राजीनामा

२०८२ कार्तिक १८, मंगलवार २०:१३

सर्लाही – सामाजिक सञ्जालमा वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि आलोचनाको केन्द्र बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिननाथ चौधरीले अन्ततः राजिनामा दिएका छन्।

उपाध्यक्षको कार्यकक्षमा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराइरहेको भिडियो सार्वजनिक भएपछि चौधरीमाथि चौतर्फी आलोचना भएको थियो। उक्त भिडियो भाइरल बनेसँगै चौधरीमाथि नैतिक आचरणविपरीत व्यवहार गरेको आरोप लागेको थियो।

यस घटनापछि चौधरीले गत ५ कात्तिकमा उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए। राजीनामा पत्रमा उनले पदमा निरन्तरता दिन नसक्ने र आफ्नो हैसियतअनुसार दक्षता, समय तथा ऊर्जा समर्पण गर्न असमर्थ भएको कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

पालिका उपाध्यक्ष कल्पना चौधरीका अनुसार अध्यक्ष चौधरीको राजीनामा आज बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको छ। दिननाथ चौधरी नेकपा (एमाले) तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार