गोडैतामा नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रम सम्बन्धि दुई दिने बार्षिक समिक्षा गोष्ठी सम्पन्न

२०८२ कार्तिक १९, बुधबार १८:५०

गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रम सम्बन्धि दुई दिने बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। मंगलबारबाट सुरु भएको गोष्टि पालिका भित्र स्वास्थ्य क्षेत्रमा गरिएका गतिविधिका सम्बन्धमा समिक्षासंगै बिभिन्न कार्यक्रमसंगै सम्पन्न भएको हो।

गोष्टिमा नगरपालिका भित्र रहेका १३ वटा स्वास्थ्य चौकीहरुले बितेका बर्षमा के, कस्ता, कसरि सेवाहरु दिए, स्वास्थ्य चौकीको अवस्था के कस्तो छ ? र आउँदो बर्ष, आगामी दिनहरुमा कसरि सेवा दिने भन्ने बिषयमा छलफल गरिएको थियो।

साथै, पालिका भित्र स्वास्थ्य क्षेत्रमा अन्य सरकारी तथा गैरसरकारी संस्थाले गरेको कामहरुको पनि समिक्षा गरिएको थियो। नगरपालिका भित्र रहेका १३ वटा स्वास्थ्य चौकीहरुमध्ये उत्कृष्ट सेवा प्रदान गरेका स्वास्थ्य चौकीलाई प्रमाण पत्रसहित सम्मान समेत गरिएको थियो।

यस बर्ष नगरपालिकामा सबै भन्दा उत्कृष्ट काम गरेर वडा नम्बर १० मा रहेको स्वास्थ्य चौकी सिसौटिया प्रथम स्थानमा आएको छ भने वडा नम्बर २ मा रहेका बेल्वाजब्दी स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्र दोश्रो स्थानमा आएका छन्। यस्तै, वडा नम्बर ४ मा रहेको रौवा स्वास्थ्य चौकी तेस्रो स्थानमा आएको छ।

गोष्ठीमा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा रहेका बिभिन्न समस्याका सम्बन्धमा पनि छलफल भएको थियो, अब ति समस्यालाई समाधान गरेर सेवा प्रभावलाई सहज बनाउन पनि छलफल भएको थियो। लगभग सबै स्वास्थ्य चौकीहरुमा एउटै प्रकारका समस्याहरु रहेको पाईएको छ।

आगामी दिनमा पालिका भित्र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबैले मिलेर अघि बढ्नु पर्ने कुरा उठाईएको थियो। स्वास्थ्य शाखाले केहि दिनमा थप अन्य स्वास्थ्य शिबिर संचालन गर्ने समेत पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले बताए।

समिक्षा गोष्टिमा नगरप्रमुख देबेन्द्र यादव, उपप्रमुख अन्जना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डित, पालिकाका कर्मचारीहरु, पालिकाका सबै वडा अध्यक्षहरु, स्वास्थ्य चौकीमा प्रमुखहरुसहित बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस:
गोडैतामा नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रम सम्बन्धि दुई दिने बार्षिक समिक्षा गोष्ठी सुरु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार