राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

२०८२ कार्तिक २०, बिहीबार ०७:५८

सर्लाही – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए।

साथै, सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।

सम्मेलनमा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्रीहरू, विज्ञ तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार