बिहारमा आज पहिलो चरणको विधानसभा चुनाव, १८ जिल्लामा मतदान जारी

२०८२ कार्तिक २०, बिहीबार ०८:१७

सर्लाही – भारतको बिहार राज्यमा आज पहिलो चरणको विधानसभा निर्वाचन भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आज १८ जिल्लाका १२१ सिटका लागि मतदान सुरु भएको हो। यस चरणमा राजधानी पटनासहितका जिल्लामा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्।

उपमुख्यमन्त्रीहरू सम्राट चौधरी र विजय सिन्हा तथा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवलगायतका चर्चित उम्मेदवारहरू पनि आजकै चरणमा प्रतिस्पर्धामा रहेका छन्।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले राज्यभर कडा सुरक्षा व्यवस्था अपनाएको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष सतर्कता र निगरानी बढाइएको बताइन्छ।

दोस्रो चरणको मतदान आगामी नोभेम्बर ११ मा २० जिल्लाका १२२ सिटमा हुने छ भने सम्पूर्ण निर्वाचनको परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार