सर्लाही – पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवन अहिले ठूलो समस्यामा परेका छन्।
बिहीबार, प्रवर्तन निर्देशनालय (ईडी) ले बेटिंग एपसम्बन्धी मुद्दाका क्रममा दुवैको ११.१४ करोड भारुको सम्पत्ति जफत गरेको छ। भारतीय मिडियाका अनुसार, धवनको अचल सम्पत्ति र रैनाको म्युचुअल फन्डमा लगानी गरिएको ६.६४ करोड भारुको सम्पत्तिमा अस्थायी रोक लगाइएको छ। यो कदम मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत उठाइएको हो।

ईडीले केही दिन अघि रैना र धवनसँग सोधपुछ गरेको थियो र उनका बयान रेकर्ड गरिएको थियो। प्रवर्तन निर्देशनालयले हाल अवैध बेटिंग एपहरूसँग सम्बन्धित विभिन्न मुद्दाहरूको छानबिन गरिरहेको छ। विज्ञहरूले यी एपहरू न केवल गैरकानूनी रहेको तर ठूलो मात्रामा मनी लान्ड्रिंगको माध्यम पनि बन्ने बताउँछन्।
प्रतिवेदन अनुसार यी एपमार्फत लाखौं व्यक्तिहरू र लगानीकर्ताहरू ठगी वा कर छल गर्न सक्ने अवस्थामा छन्। ईडीले यस मामिलामा आफ्नो कारबाही तीव्र बनाउँदै, क्रिकेटर र फिल्म उद्योगका विभिन्न सेलिब्रेटीहरूले विज्ञापन र प्रचारमा कसरी सहभागी भए भन्ने अनुसन्धान अगाडि बढाएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएको छ कि रैना र धवनले जानाजानी बेटिंग एप र विदेशी संस्थाहरूसँग सहकार्य गरी प्रचारमा सहयोग गरेको अनुमान गरिएको छ। यी दुई बाहेक, ईडीले अनुसन्धानको क्रममा युवराज सिंह, रोबिन उथप्पा, अभिनेता सोनु सूद, उर्वशी रौतेला, मिमी चक्रवर्ती र अंकुश हाजरा (बंगाली अभिनेता) लगायतसँग पनि सोधपुछ गरेको छ।





