सर्लाही – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पनि ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न गाउँपालिकामा कार्यरत २७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ३९ जना कर्मचारीको सरुवा गरेको हो।

यस्तै, सर्लाहीको कोडैना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीको रौतहटको बौधिमाई नगरपालिकामा सरुवा भएको छ भने उनको ठाउँमा कोडैनामा सुरेश प्रसाद दास आउँने भएका छन्।
जिल्लाकै बह्रम्पुरी गाउँपालिकामा छथर गाउँपालिका तेह्रथुमबाट धनञ्जय प्रसाद दास आउने भएका छन्।











