सर्लाही – मधेश प्रदेशसभामा आज अनौठो दृश्य देखियो । नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारीले सभामै आफैंको मुखमा मोसो दलेर विरोध प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिइरहेको क्रममा अन्तिम वक्ताका रूपमा बोल्दै अन्सारीले प्रदेशसभाका सांसद र राजनीतिक दलहरूले नैतिकता गुमाएको टिप्पणी गरे । उनले वर्तमान सरकार जनप्रतिनिधिहरूको निर्णयमा नभई केन्द्रको आदेशमा बनेको दाबीसमेत गरे ।
सभामुख रामचन्द्र मण्डलले उनको वक्तव्य रोक्दै माइक काटेपछि अन्सारीले तीव्र असन्तुष्टि जनाउँदै आफैंलाई मोसो दलेका हुन् । उनले भने, “हामी सांसदको हैसियत गुमाइसक्यौं, नैतिकता मरेको छ।” उनको यो कदमले सभाभित्र र बाहिर दुवैतिर चर्चा र बहस निम्त्याएको छ।







