सर्लाहीको मलंगवा नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

२०८२ कार्तिक २३, आईतवार १९:५७

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकामा उपप्रमुख सकुन्तलादेवी साह र वडाध्यक्षहरूको नेतृत्वमा आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

नगरपालिकाको स्वास्थ्य र राजस्व शाखा बाहेक प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखको कार्यकक्षसहितका सबै शाखामा तालाबन्दी गरिएको हो। आन्दोलनरत जनप्रतिनिधिहरूले १० बुँदे माग अघि सारेका छन्।

उनीहरूको प्रमुख मागमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका सामाजिक सुरक्षा भत्ता तुरुन्त वितरण गर्नुपर्ने, शिक्षक र कर्मचारीको तलब तत्काल दिनुपर्ने, नगरभित्र बिचौलियाको चलखेल अन्त्य गर्नुपर्ने लगायतका विषय छन्।

पछिल्ला महिनामा विवाद र असहमतिको श्रृंखला झनै बढ्दै गएपछि नगरपालिकाको आन्तरिक झगडा समाधानको सट्टा अझ जटिल बन्दै गएको स्थानीयहरूले बताइरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार