सर्लाही – सर्लाहीका दुई युवक लागुऔषधसहित रौतहटमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–१६ का बुद्ध सिंह वाइबा र सर्लाहीकै हरिवन–३ का सरिन योन्जन रहेका छन्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूका झोलाबाट प्रहरीले १३० पिस ट्रामोल बरामद गरेको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैध रूपमा राखिएको ट्रामोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।







