सर्लाही – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई प्रदेश प्रमुख पदबाट हटाउने निर्णय गरेको हो। उक्त निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

मन्त्री खरेलका अनुसार सरकारको सिफारिसमा धनुषाका सुरेन्द्र लाल कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरिएको छ।





