नेपाल प्रहरीको ३३औँ महानिरीक्षक बने दानबहादुर कार्की

२०८२ कार्तिक २४, सोमबार १९:२३

सर्लाही – नेपाल प्रहरीको नेतृत्व अब दानबहादुर कार्कीले सम्हाल्ने भएका छन् । सरकारले उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना र प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार कार्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीको नियुक्ति प्रभावकारी हुनेछ ।

हालका आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिको सीमा पुगेर आज राति (मंसिर २५ गते) देखि अनिवार्य अवकाशमा जान लागेका छन् । खापुङको अवकाशपछि रिक्त भएको पदमा कार्कीले जिम्मेवारी सम्हाल्ने छन् ।

नवनियुक्त कार्की यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए । उनी अब नेपाल प्रहरीको ३३औँ महानिरीक्षक बनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार