सर्लाही – सर्लाहीका दुई गाउँपालिकामा सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
कौडेना गाउँपालिकामा सुरेश प्रसाद दासले प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका छन्। भने ब्रह्मपुरी गाउँपालिकामा धनञ्जयप्रसाद दासले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका छन्।
सुरेशलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट सरुवा गरी कौडेना पठाएको हो, भने धनञ्जयलाई मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकाबाट सरुवा गरी पठाएको हो।







