मधेस प्रदेश भवन अगाडि झडप: प्रहरीको लाठीचार्जबाट दर्जनौं घाइते

२०८२ कार्तिक २५, मंगलवार १९:५८

सर्लाही – मधेस प्रदेशको नयाँ मुख्यमन्त्री सरोज यादवको पदभार ग्रहणका क्रममा मंगलबार प्रदेश भवन अगाडि तनावपूर्ण स्थिति सिर्जना भएको छ।

मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन गर्न पुगेका लोसपा कार्यकर्ताहरू र सुरक्षाकर्मीबीच भिडन्त हुँदा नेता ज्ञानेन्द्र झा, रामविनोद चौधरीलगायत दर्जनौं कार्यकर्ता घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ। झडपपछि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले घटनाप्रति असन्तुष्टि जनाउँदै प्रहरी प्रशासनलाई संयम अपनाउन आग्रह गरेका छन्।

उनले आन्दोलनकारीहरूलाई पनि शान्तिपूर्ण ढंगले आफ्नो धारणा राख्न अपिल गरेका छन्। यसैबीच, सरोज यादवले मंगलबार औपचारिक रूपमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै मधेसको हितमा सहकार्य र स्थायित्वका लागि प्रतिबद्ध रहने बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार