विराटनगरमा ट्रकको ठक्करबाट सर्लाहीकी महिलाको मृत्यु

२०८२ कार्तिक २५, मंगलवार २२:२०
सांकेतिक तस्बिर

सर्लाही – विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भएको सडक दुर्घटनामा सर्लाहीकी एक महिलाको मृत्यु भएको छ। भारतीय नम्बरको मालवाहक ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो।

मोरङ प्रहरीका अनुसार मृतक सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघा निवासी ४५ वर्षीया रोहिता कोइराला अधिकारी हुन्। उनी आफ्ना श्रीमान् विमल कोइराला सँग सवार थिइन्। उनका श्रीमानले चलाइरहेको मोटरसाइकललाई भारतीय ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा श्रीमतीको घटनास्थलमै मृत्यु भए पनि श्रीमान् सकुशल रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार