नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

२०८२ कार्तिक २६, बुधबार २०:०२

सर्लाही – चार दिनको निषेधपछि आज बिहानदेखि नेपाल–भारतको सीमाक्षेत्रमा पुनः जनजीवन रौनकपूर्ण बनेको छ। बिहार राज्यमा भएको विधानसभा चुनावका कारण सुरक्षात्मक कारण देखाउँदै सर्लाही मधेशका नाका शनिबारदेखि नै बन्द गरिएका थिए।

निर्वाचनको दोस्रो चरण मंगलबार सम्पन्न भएपछि गएरातिदेखि आवतजावत खुला गरिएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए। उनका अनुसार सीमा नाका खुल्नासाथ मानिसहरूको हिँडडुल, सामान ढुवानी र व्यापारिक गतिविधि फेरी सामान्य बन्दै गएको छ।

नाकाबन्दीले चार दिनसम्म प्रभावित स्थानीयवासी र व्यापारीहरूले अब सहजै यात्रा गर्न पाएका छन्। नाका खुल्दा सीमावर्ती बजारहरूमा पनि पुनः चहलपहल देखिन थालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार