सर्लाही – वीरगन्ज महानगरपालिका – ३२ चोर्नीस्थित एक किराना पसलमा लागूऔषध गाँजा बिक्री गर्ने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पसल सञ्चालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सो पसलका सञ्चालक खेदु महतो धानुकलाई पक्राउ गरी नियन्त्रणमा लिइएको हो। उनको पसलबाट करिब ८ केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार पक्राउ परेका धानुकमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।







