धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

२०८२ कार्तिक २६, बुधबार २१:१०

सर्लाही – धनुषा जिल्लामा भएको महिला हत्या र लुटपाट प्रकरणमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

हंसपुर नगरपालिका–७ निवासी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी सुनचाँदीका गरगहना लुटेको अभियोगमा सोही स्थानकी ४५ वर्षीया पवित्री देवी मण्डल पक्राउ परेकी हुन्।

धनुषा प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार मण्डलको साथबाट लुटिएको गरगहना तथा हत्या गर्न प्रयोग गरिएको हतियार बरामद गरिएको छ।

गत सोमबार राति करिब ९ बजे दासको शव उनको घरबाट करिब ५०० मिटर टाढा फेला परेको थियो। घटनाबारे थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट मण्डलको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार