मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा पत्रकारितामा डिजिटल साक्षरता, लैङ्गिक संवेदनशील रिपोर्टिङ र ‘गो ग्रीन’ पहलहरु सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अबको समयमा ‘कर्मकाण्डी पत्रकारिता’ को कुनै औचित्य नबच्ने बताएका थिए।
यसका साथै, कार्यक्रममा पत्रकारहरूलाई डिजिटल युगमा जिम्मेवार र लैङ्गिक समानतामूलक समाचार लेखनका सिद्धान्त, हरित पत्रकारिताको महत्व तथा सामाजिक जिम्मेवारीपूर्ण रिपोर्टिङका पक्षमा अभिमुखीकरण गरिएको थियो।
तालिमको आयोजन सुनौलो सिसौट नेपालले गरेको हो भने अन्तर्राष्ट्रिय संस्था इण्टरनेशनल अलर्ट को सहयोग रहेको थियो। कार्यक्रममा वक्ताहरूले पत्रकारितामा प्रविधि प्रयोगसँगै लैङ्गिक संवेदनशीलता र वातावरणीय सरोकारलाई जोड दिनुपर्नेमा जोड दिएका थिए।
मलंगवास्थित सुजाता पार्टी प्यालेसमा बुधबार सम्पन्न तालिममा जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।







