सर्लाही – मधेस प्रदेशमा पार्टीको अनुमति बिना मन्त्री बनेकी राप्रपाकी सांसद कञ्चन बिच्छालाई पार्टीले कारबाहीको सिफारिस गरेको छ।
राप्रपाको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बिच्छाले पार्टीको निर्णय उल्लंघन गरेको ठहर गर्दै उनलाई सांसद पदबाट फिर्ता बोलाउन र साधारण सदस्यता समेत खारेज गर्न सुझाव दिएको हो।

समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, “पार्टीको आधिकारिक निर्णयविपरीत मन्त्री बनेकी बिच्छामाथि अनुशासन उल्लंघनको कारबाही सिफारिस गरिएको छ।”
यससँगै मधेस प्रदेशमा मन्त्री बनेकी बिच्छाको राजनीतिक भविष्य अनिश्चित बनेको छ।





