सर्लाही – नापी कार्यालय वीरगञ्ज पर्साका २ जना कर्मचारी एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छ्न ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

छुट जग्गा दर्ता गर्नका लागि उनीहरूले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस मागेर लिएका थिए।





