मलंगवा – सर्लाहीमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
जिल्लाको बागमती नगरपालिका – ११ रायमाझी चोक नजिक सडक पार गर्दै गरेका एक पैदल यात्रीको कारको ठक्करबाट मृत्यु भएको हो। सोही नगरपालिका – ४ पर्साई टोल निवासी ५० वर्षीय केशव शिवाकोटीलाई मंगलबार साँझ नम्बर नखुलेको कारले ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका शिवाकोटीलाई तत्काल उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि कार चालक फरार भएका छन्। उनको खोजि भईरहेको र दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





