सर्लाही – शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा पक्राउ परेका जय किसान माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक संजय प्रसादसहित दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहलाई शिक्षकको जागिर दिलाइदिने आश्वासन दिँदै रू. ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा नगदसहित पक्राउ गरिएको थियो।

अनुसन्धानको क्रममा उनीहरूबाट उक्त रकम अवैध रूपमा लिएको प्रमाणित भएपछि आयोगले दुवैलाई जनही साढे ४ लाख रुपैयाँ बिगो तोक्दै कानूनी कारबाहीको माग गरेको छ।





