अमिन यादवको ९ लाखको बार्गेनिङ- पिडित चौधरीमाथि यादवको मनपरी ‘जग्गा कटौती खेल’

२०८२ मंसिर ४, बिहीबार १५:४५

सर्लाही – नापी नक्सा मिलान हालसाबिकको नाममा हुने मनपरी र भ्रष्टाचारको अर्को सनसनीपूर्ण घटना नापी कार्यालय सर्लाही मलंगवामा बाहिर आएको छ । चक्रघट्टा गाउँपालिका- ५ पडरिया स्थायी घर भएका पीडित विजय कुमार चौधरीले नापी कार्यालय सर्लाही मलंगवाका अमिन रोशन यादवले आफूमाथी ठुलो अन्याय गरेको गम्भीर आरोप लगाएका छन् ।

पिडित चौधरीका अनुसार, उनले १५ वर्षअघि साविक मलंगवा नपा–३ ‘क’ किता नं. २१६३, क्षेत्रफल ०–१–११–१५ (चार किल्ला सहित) जग्गा विधिवत् खरिद गरी १२ वर्षदेखि त्यहीँ घर बनाएर बसोबास गर्दै आएका उनले बताए । तर आफ्नो घरको दक्षिण तर्फको जग्गाको हालसाबिक गर्दाको बखत हालसाबिक गरिने प्रक्रियामा अमिन रोशन यादवले “तपाईंको घरसम्मको क्षेत्रफल जस्ताको त्यस्तै कायम गरिएको छ” भन्दै चलाकिपूर्ण शैलीमा सो मुचुल्कामा सहिछाप समेत गराउन लगाएको उनले जनाए ।

चौधरीले बताएअनुसार, जब मैले सो जग्गा बैंकमा धितो राख्न खोजे त्यसै बेला नापी कार्यालय पुगेपछि सबै रहस्य खुल्यो । साविक नक्सामा ०–१–११–१५ क्षेत्रफल रहेको जग्गा आफ्नो घरको दक्षिण तर्फको जग्गाको हालसाबिक गर्दाको बखत हालसाबिक गरिने प्रक्रियामा अमिन रोशन यादवले नक्सामा आफ्नो ४ धुर जग्गानै कट्टा गरी घटाइएकाे भेटिएको उनले दाबी गरेका छन् । आफ्नो घरको दक्षिण तर्फको जग्गाको हालसाबिक गर्दाको बखत अमिन रोशन यादवले “मलाई झुट्टा कुरा गरेर सहिछाप गराए, तर पछि बुझ्दा त मेरो जग्गानै गायब पारिएको रहेछ,” चौधरी भन्छन् ।

पिडित चौधरीले, अमिन रोशन यादवले बार्गेनिङ गर्दै मामिला मिलाइदिने नाममा ९ लाख रूपैयाँको माग गरेको आरोप समेत लगाएका छन् । चौधरीले तत्कालनै आफ्नो कटाइएकाे ४ धुर जग्गा फिर्ता गरिदिन र यस प्रकरणमा संलग्न अमिन रोशन यादवमाथि कडा कानुनी कारबाही गर्न माग राखेका छन् ।

यो घटना सामान्य व्यक्तिको हैसियतमा गरिएकाे मनपरी मात्र होइन, सिंगो प्रशासनिक कार्यप्रणालीमै गम्भीर प्रश्न उठाउने किसिमको छ । सबैभन्दा ठूलो प्रश्नचिह्न के भने, चौधरीका अनुसार सो क्षेत्रका अन्य सबै व्यक्तिहरूको चारकिल्ला नक्सा मिलानका क्रममा जग्गा बढेको छ । तर उनकै मात्र क्षेत्रफल घटाइएको छ । यो पक्ष स्वयंमै नापी कार्यालयको नियतप्रति ठूला शंका पैदा गर्ने खालको छ ।

यस विषयमा नापी कार्यालय मलंगवाबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसक्दा कार्यालयको भूमिका झन् विवादास्पद बन्दै गएको छ । स्थानीयवासीले पनि यस घटनाले नापी कार्यालयभित्र चल्ने ‘बार्गेनिङ र घुसतन्त्र’ को कालो कारोबार फेरि एकपटक उजागर भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार