रौतहटमा स्कुल बसको ठक्करबाट दुई बर्षिय बालकको मृत्यु

२०८२ मंसिर ५, शुक्रबार १५:३२
सांकेतिक तस्बिर

सर्लाही – रौतहटमा स्कुल बसको ठक्करबाट दुई बर्षिय बालकको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रवार बिहान एक स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो।

जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको स्कुल बसको ठक्करबाट २ बर्षिय बालक आदित्य कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरिका अनुसार बिहान सवा ८ बजे भएको उक्त दुर्घटनामा स्थानीय रञ्जन साहका छोरा आदित्यलाई बसले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

दुर्घटनापछि बस चालक फरार भएका छन्। उनको खोजिकार्य र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार