पानीको बाल्टिनमा डुबेर सर्लाहीमा एक बालकको मृत्यु

२०८२ मंसिर ५, शुक्रबार १९:५५

मलंगवा – सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए। बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए।

अहिले मृतक बालकको शव पोस्टमार्टमकाे लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार