सिरहाबाट ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ

२०८२ मंसिर ८, सोमबार ०९:०६
सांकेतिक तस्बिर

सर्लाही – सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार