बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

२०८२ मंसिर ८, सोमबार १५:३५

सर्लाही – बलिउडका हि-म्यान वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय मिडियाहरुका अनुसार घरमै उपचारत रहेका धर्मेन्द्रको आजै दिउसो १ बजे निधन भएको हो। धर्मेन्द्र केही समयदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उमेरसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना भएका थिए ।

त्यसपछि उनको घरमै उपचार भइरहेको थियो । फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जाल पोस्ट मार्फत वरिष्ठ अभिनेता धर्मेन्द्रको मृत्युको खबर साझा गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार