पर्सामा श्रोत नखुलेको १५ लाख रकमसहित एक जना पक्राउ

२०८२ मंसिर ९, मंगलवार ०७:५३
साङ्केतिक तस्बिर

सर्लाही – पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले जाँचगर्ने क्रममा रकमसहित पक्राउ गरेको हो ।

पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारका लागी ल्याइएको हुन सक्ने आशका गरिएको छ । नेपालमा हुण्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिन्छ । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार