सर्लाहीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

२०८२ मंसिर ९, मंगलवार १५:४०

मलंगवा – सर्लाहीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई जिल्लाको मलंगवा नगरपालिका – ८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित पक्राउ गरिएको हो।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार